सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : घरेलु टोली न्यूजल्याण्डले पाकिस्तान विरुद्दको पहिलो टी–२० आई क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
आजबाट सुरु भएको पाँच खेलको श्रृखंलामा न्यूजल्याण्डले पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । जितकालागि पाकिस्तानले दिएको ९२ रनको झिनो लक्ष्य न्यूजल्याण्डले १०.१ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । न्यूजल्याण्डको जितमा टिम सेफर्टले ४४ रन जोडे । फिन एलेन २९तथा टिम रबिन्सन १८ रनमा अविजित रहे ।
त्यसअघि हेग्ली ओभल, क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिञमा तानिएको पाकिस्तान १८.४ ओभरमा ९१ रनमै अलआउट भएको थियो । उसकालागि खुशदिल शाहले सर्वाधिक ३२ रन जोडे ।
कप्तान शलमान आघाले १८ तथा जहान्द खानले १७ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा ज्याकब डफीले ४ तथा काइल जेमिसनले ३ विकेट हात पारे ।
जितसंगै न्यूजल्याण्डले श्रृखंलामा १–० को अग्रता बनाएको छ ।
न्यूजल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले घरेलुटोलीसंग पाँच खेलको टी–२० र तीन खेलको एक दिवशीय श्रृखला खेल्नेछ ।