सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै कोशीले पहिलो जित निकालेको हो । जितकालागि गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशीले ८.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो । कोशीको जितमा सोनु अन्सारीले अविजित १६ तथा चिराग शाहले १० रन जोडे ।
त्यसअघि एक्स्ट्राटेक ओभल भैरहवामा टस जितेर पहिले ब्याटिङ थालेको गण्डकीले २०.४ ओभर खेल्दै ३१ रनमा अलआउट हुन पुग्यो । उसकालागि कुनै पनि ब्याटरले दोहारो अंकको रन बनाउन सकेनन् । अर्जुन कुमालले बनाएको ९ रननै सर्वाधिक रह्यो । दिपक डुम्रे,रोहित चन्द,सुवाश भण्डारी र भान्स क्षेत्रीले खाता नै खोल्न सकेनन् ।
गण्डकीलाई सस्तैमा समेट्ने क्रममा बिपिन महतोले सर्वाधिक ६ विकेट लिए ।