SONAM WEAR SONAM WEAR

चार देश सहभागि महिला क्रिकेटमा नेपाल चौथो 

आइतबार, चैत ३, २०८१

काठमाडौँ : चार देश सहभागि महिला टी–२० अन्तराष्ट्रिय क्रिकेटमा नेपाल चौथो भएको छ ।

तेस्रो स्थानकालागि आजकालागि तय भएको हङकङ र नेपालबीचको खेल रद्द भएसंगै नेपाल चौथो भएको हो । नेपाली समयअनुसार दिउँसो पौने १ बजे एन्टेबे क्रिकेट ओभल युगाण्डामा निर्धारण गरिएको खेलमा वर्षा भएपछि खेल टस समेत हुन नसकी रद्द भएको हो । खेल रद्द भएसंगै नेपाल चौथो भएको छ ।

अंक तालिकामा नेपाल भन्दा हङकङ अघि रहेकाले उसले तेस्रो स्थानमा कब्जा जमाएको छ ।

समुह चरणको अन्तिम खेलमा शुक्रवार नेपालसंग पराजित भएपछि हङकङ फाइनल पुग्नबाट चुकेको थियो । 
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्