SONAM WEAR SONAM WEAR

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौ जित

सोमबार, चैत ४, २०८१

काठमाडौँ :प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाँचौ जित निकालेको छ ।

आज भएको खेलमा सुदूर पश्चिम प्रदेशलाई ६१ रनले हराउँदै शिर्ष स्थानको पुलिसले पाँचौ जित निकालेको हो । जितकालागि पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८.३ ओभरमा सवै विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो ।

उसका लागि शेर मल्ले सर्वाधिक ३२ रनको योगदान गरे । मिलन बोहराले २३ तथा टेक रावतले १२ रन बनाए ।

त्यसअघि सिदार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको पुलिसले ४७ ओभरमा सवै विकेट गुमाएर १६० रन बनाएको थियो । पुलिसकालागि कप्तान दिपृन्द्र सिं ऐरीले सर्वाधिक ४२ तथा आरिफ शेखले ४० रन जोडे । सागर ढकालले २२ तथा दिलिप नाथले १९ रन बनाएका थिए ।

अपराजित यात्रा कायमै राख्दै शिर्ष स्थानमा रहेको पुलिसले १० अंक जोडेको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्