सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :बिभागिय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ ।
आज भएको खेलमा आर्मीले अर्को बिभागिय टोली एपिएफलाई ३ विकेटले हराउँदै आर्मीले अपराजित यात्रा कायमै राखेको हो । जितकालागि एपिएफले दिएको १४२ रनको लक्ष्य आर्मीले ४२.५ अनेभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीको जितमा सोमपाल कामीले अविजित रहँदै सर्वाधिक ३२ तथा कुशल मल्लले ३१ रन बनाए । बिबेक यादवले २६ तथा बसिर अहमदले १३ रन जोडे ।
त्यसअघि एक्स्ट्राटेक ओभल भैरहवामा टस हारेर पहिले ब्याटिङमा तानिएको एपिएफले ४२ .३ ओभरमा सवै विकेट गुमाउँदै १४१ रन बनाउकाृ थियो । उसकालागि सन्दीप जोराले सर्वाधिक ६५ रन बनाएपनि जितकालागि पर्याप्त हुन सकेन ।
आजै भएको अर्को खेललमा लुम्बिनी प्रदेशले मद्येश प्रदेशलाई ८३ रनले हराएको छ । लुम्बिनीले र्दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा मद्येशले २६.५ ओभर खेल्दै ७५ रनमा अलआउट भएको थियो ।