सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नेपालगन्ज :अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीचसम्झौता भएको छ ।
किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने मुख्य उदेश्यसहित उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका बालकृष्ण जोशी र नेपालगन्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगन्ज म्याराथनमा तीन सय जना किशोरीको दर्ता गरेर सघाउनेछ ।
‘यसले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न सघाउनेछ ।’ वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले भनेका छन् ‘पिछडिएको समुदायका किशोरीलाई मुलधारमा ल्याउनु हामी सबैको जिम्मेवारी र दायित्व हो । नेपालगन्ज म्याराथनको यो पहलकदमीको हार्दिक सराहना पनि गर्दछु ।’ नेपाली किशोरीको क्षमता र प्रतिभालाई उजागर गर्न अन्तर्राष्ट्रिय सहभागितामा समेत सघाउन आफुहरु तयार रहेको वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले बताए ।
जोशीले संसारकै शीर्ष ६ मध्येका न्युयोर्क म्याराथन, सिकागो म्याराथन लगायत १५ बढी फुल म्याराथन पुरा गरिसकेका छन् । अमेरिकामा स्थापित वन स्टेप फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ।
सम्झौता अनुसार फाउन्डेसनले नेपालगञ्जका सेरोफेरोमा अवस्थित विद्यालयमा अध्ययनरत तीन सय जना किशोरीको दर्ता शुल्क नेपालगन्ज म्याराथनलाई प्रदान गर्नेछ । यो सम्झौता सन् २०३० संस्करणसम्मका लागि गरिएको छ । आपसी सहमतिमा हरेक बर्ष सहभागी संख्या क्रमिक बढाउँदै जाने पनि सम्झौतामा उल्लेख छ । यो सम्झौताले नेपालगन्ज म्याराथनको दायरा अझै फराकिलो हुँदै जाने संस्थापक टीएस ठकुरीले बताए । संसारभर रहेका नेपालीलाई यसमा जोड्न यो अवधारणा अगाडि बढाइएको हो ।‘ धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण आगामी मंसिर ६ गते शनिवार हुँदैछ ।
नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीले विश्वको शीर्ष ६ भित्र पर्ने लण्डन म्याराथनमा भाग लिइसकेका छन् । यसैगरी दशौंका विजेतालाई लण्डन लगायत अन्य विश्व प्रतिष्ठित म्याराथनमा सहभागी गराउने तयारी भइरहेको छ । नेपालगन्ज म्याराथन नेपालबाट एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पहिलो पुर्णकालीन सदस्य हो ।
एम्सले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई नेपालका लागि आधिकारिक दुत नियुक्त गरेको छ ।