SONAM WEAR SONAM WEAR

न्यूजल्याण्डसंग फेरि हार्‍यो पाकिस्तान

मंगलबार, चैत ५, २०८१

काठमाडौँ : न्यूजल्याण्ड विरुद्दको टी–२० आई क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो हार ब्यहोरेको छ ।

पहिलो खेलमा घरेलुटोलीसंग ९ विकेटले पराजित भएको पाकिस्तान आज भएको दोस्रो खेलमा पनि ५ विकेटले हार्न पुग्यो । वर्षाका कारण खेल सुरु हुन ढिलाई भएपछि १५ ओभरमा झारिएको खेलमा पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

उक्त लक्ष्य न्यूजल्याण्डले ११ बल बाँकी रहँदै ५ विकेटको क्षतिमा भेटायो । उसकालागि टिम सेफर्टले सर्वाधिक ४५ तथा  फिन एलेनले ३८ रन जोडे ।

दोस्रो जितसंगै न्यूजल्याण्डले श्रृखंलामा २–० को अग्रता बनाएको छ ।न्यूजल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले घरेलुटोलीसंग पाँच खेलको टी–२० र तीन खेलको एक दिवशीय श्रृखला खेल्नेछ ।
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्