ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आइपीएल :

चेन्नईलाई हराउँदै बैंलुरु प्लेअफमा

आइतबार, जेठ ६, २०८१

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । आईतवार राती भएको खेलमा चेन्नई सुपर किंग्सलाई २७ रनले हराउँदै  रोयल च्यालेन्जर्स बैंलुरु प्लेअफमा पुग्ने चौथो टोली बनेको हो । जितकालागि बैंलुरुले दिएको २१९ रनको लक्ष्य पछ्याएको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १९१ रन मात्र जोड्न सक्यो ।

चेन्नेईका रचिन रबिन्द्रले सर्बाधिक ६१ तथा रविन्द्र जडेजाले ४२ रनको पारी खेलेपनि जित दिलाउन सकेनन् ।  त्यसअघि एम चिन्नास्वामी स्टेडियम बैंलुरुमा टस जितेर चेन्नईले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङमा तानिएको बैंलुरुले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै  २१८ रनको योगफल खडा गरेको थियो ।

उसको लागि फाप दु प्लेसिसले सर्वाधिक रन जोड्दै अर्धशतकीय पारी खेले । ३९ बलका सामना गरेका उनले समान तीन तीन चौका र छक्काको मद्दतमा सर्वाधिक ५४ रन बनाएर रन आउट भए । विराट कोहलीले ३ चौका र ४ छक्का प्रहार गरी ४७ रन जोडे । ग्लेन म्याक्सवेल १६  रन जोडेर आउट भए । त्यस्तै, रजत पाटीदार ४१ रन र दिनेश कार्तिक १४ रन जोड्दै क्याच आउट भए ।

१७ बलको सामना गरेका क्यामरुन ग्रीनले अविजित ३८ रनमा नट आउट रहे ।तीन ओभरको समाप्तीमा वर्षा बाधक बन्दा खेल केहिबेर रोकिएको थियो ।

यसअघिनै कोलकाता नाईट राईडर्स,राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ००:२७
प्रतिक्रिया दिनुहोस्