SONAM WEAR SONAM WEAR

यु–१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

मंगलबार, चैत ५, २०८१

काठमाडौँ :यु–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज जारी गरेको तालिका अनुसार नेपालले आगामी बैशाख २८ मा आफ्नो पहिलो खेल श्रीलङ्कासँग खेल्नेछ । प्रतियोगिता भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रङ्गशालामा हुने छ । प्रतियोगितामा नेपाल सहित  विभिन्न ६ राष्ट्र सहभागी हुनेछन् ।

च्याम्यिनसीपमा डिफेण्डिङ च्याम्पियन भारतसंगै ,भुटान,नेपाल,बंगलादेश,श्रीलंका र माल्दिभ्स सहित ६ टोलीले सहभागिता जनाउनेछन् । ६ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ’ए’मा माल्दिभ्स,बंगालादेश,भुटान रहेका छन् ।

प्रतियोगितामा कूल ९ खेलहरु हुनेछन् । ६ ओटा लिग चरण, २ सेमिफाइनल र एक फाइनल खेल हुने साफले जनाएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्