सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली सिंगापुर प्रस्थान गरेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले एक कार्यक्रमकाबीच बिदाई गरेसंगै नेपाली टोली आजै सिंगापुर उडेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले टोलीको आज बिदाइ गरेका हुन् । नेपालले यही मार्च २१ गते सिंगापुर तथा मार्च २५ मा मलेसियासंग प्रतिस्पर्धा गर्नेछ ।
टोलीमा कप्तान किरण चेम्जोङसंगै २३ खेलाडी समावेश छन् । फरवार्ड रेजीन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जुले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।