ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भोलक्यानोजसँग ६७ रनले हार्‍यो नेपाल 

आइतबार, जेठ ६, २०८१

काठमाडौँ : विश्वकपको तयारीमा रहेको नेपाल तेस्रो तथा अन्तिम अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ । ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोरालाई बेञ्चमा राखेको नेपालले भोलक्यानोजसँग ६७ रनको हार ब्यहोरेको हो ।

जितका लागि भोलक्यानोजले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ५३ रनको योगदान गरे ।

आशिफ शेखले २४ ,सन्दीप जोराले २१,कुशल भुर्तेलले ८,करण केसीले १३ ,कमल सिं ऐरीले ४ तथा अनिल शाहले २ रन जोड्दा  गुल्शन झाले खाता नै खोल्न सकेनन् । त्यसअघि पार्क हिल मैदानम टस जितेर पहिला ब्याटिङ गरेको भोलक्यानोजले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै २०४ रन बनाएको थियो । श्रृखंला भने नेपालले २–१ ले जितेको छ । नेपालले पहिलो खेलमा भोलक्यानोजलाई ४ विकेट तथा दोस्रो खेलमा ४९ रनले पराजित गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्