ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो

शुक्रबार, चैत ८, २०८१

काठमाडौँ :प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा त्रिभुवन आर्मीले छैटौँ जित निकालेको छ ।

आज भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै आर्मीले छैटौँ जित निकालेको हो । जितकालागि गण्डकीले दिएको ११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । आर्मीको जितमा तिर्थराज दासले सर्वाधिक ३७ रनको योगदान गरे । बसिर अहमदले ३२ ,भिम सार्कीले १४ तथा इमरान शेखले १२ रन बनाए ।

त्यसअघि दाङको देउखुरी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको गण्डकी प्रदेशले ३०.३ ओभरमा सवै विकेट गुमाएर ११६ रन बनाएको थियो । उसकालागि अर्जुन कुमालले सर्वाधिक ३३ रनको योगदान गरे । दिपक डुम्रेले १९ तथा कप्तान बिपिन खत्रीले १५ रन जोडे ।

गण्डकीलाई सस्तैमा समेट्ने क्रममा शहाव आलमले सर्वाधिक ५ विकेट लिए ।

जितसंगै आर्मीले १२ अंक जोडेको छ । शिर्ष स्थानको पुलिसले अपराजित रहँदै १४ अं बनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्