सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :न्यूजल्याण्ड विरुद्दको टी–२० आई क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।
यसअघिका दुई खेलमा लगातार हार भोगेको पाकिस्तानले तेस्रो खेलमा न्यूजल्याण्डविरुद्द ९ विकेटको शानदार जित निकालेको हो । जितकालागि न्यूजल्याण्डले दिएको २०५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानको जितमा हसन नवाजले नटआउट रहदै शतकिय पारी खेले । ४५ बल खेलेका उनले १० चौका र ६ छक्का प्हार गर्दै १०५ रनको योगदान गरे । सलमान आघाले अर्धसतक प्रहार गर्दै नटआउट ५१ रन बनाउँदा मोहम्द हरिषले ४१ रन जोडे ।
त्यसअघि अक्ल्याण्डमा टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलुटोलीले १९.५ ओभरमा सवै विकेट गुमाउँदै २०४ रन बनाएको थियो । उसकालागि मार्क च्यापम्यानले सर्वाधिक ९४ रन जोडे । ४४ बल खेलेका उनले बिस्फोटक ब्याटिङ गर्दै ११ चौका र ४ छक्का प्रहार गरे । उनी शतक प्रहार गर्न मात्र ६ रनले चुके । माइकल ब्रेसवेलले ३१ तथा टिम सेफर्टले १९ रन बनाए ।
जितका बाबजुत पाकिस्तान पाँच खेलको श्रृखंलामा २–१ ले पछि परेको छ ।
न्यूजल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले घरेलुटोलीसंग पाँच खेलको टी–२० र तीन खेलको एक दिवशीय श्रृखला खेल्नेछ ।