सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बलरहरूले थुक लगाउन पाउने भएका छन् ।
भारतीय क्रिकेट नियन्त्रण बोर्डसँगको बैठकमा, आईपीएल टोलीका अधिकांश कप्तानहरूले यो निर्णयलाई समर्थन गरेका छन् । सन् २०२० मा कोरोनाका कारण चिकित्सकीय सल्लाहमा बल चम्काउन थुकको प्रयोगमा अस्थायी प्रतिबन्ध लगाइएको थियो । यद्यपि, खेलाडीहरूलाई बल चम्काउन पसिनाको प्रयोग गर्न भने अनुमति दिइएको थियो ।
खेलाडीहरूले बलको एक भागलाई हावामा स्विङ गराउन ¥याल र पसिनाको प्रयोग गर्ने गरेका छन् । एकदिवसीय र टी–२० क्रिकेटको तुलनामा टेस्ट क्रिकेटमा थुकको प्रयोग बढी प्रभावकारी देखिएको छ ।
बीसीसीआईको निर्णयपछि, आईसीसीले टेस्ट क्रिकेटमा थुकको प्रयोगमा लागेको प्रतिबन्ध हटाउनेछ कि हटाउँदैन भन्ने कुरा अझै पखाईको बिषय बनेको छ ।
आईपीएल भोलीबाट भारतका बिभिन्न शहरहरमा सुरु हुँदैछ ।