सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एपिएफ क्लब प्रधानमन्त्री कप क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ ।
आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै एपिएफ तेस्रो स्थानमा उक्लिएको हो । जितकालागि सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।
एपिएफको जितमा सन्दीप जोराले सर्वाधिक ५१ रनको योगदान गरे । आशिफ शेखले ३२,लोकश बमले १९ तथा दिपक बोहराले १६ रन बनाए ।
त्यसअघि सिदार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमले ४८.५ ओभरमा सवै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । उसकालागि निश्चल क्षेत्रीले ५७ तथा प्रकाश पाण्डेले ४२ रन जोडेका थिए । जितसंगै एपिएफले ६ खेलमा ४ मा जित र दुईमा हारसंगै ८ अंक जोडेको छ ।
आजै भएको खेलमा कर्णालीले मद्येशप्रदेशलाई ८१ रनले पराजित गरेको छ । जितकालागि कर्णालीले दिएको २२१ रनको लक्ष्य पछ्याएको मद्येशले ३५.२ ओभरमा सवै विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।