ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आईपीएल आजबाट , उद्घाटन खेलमा वर्षा हुन सक्ने

शनिबार, चैत ९, २०८१

काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ आजबाट सुरु हुँदैछ ।

उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसाार साँझ पौने ८ बजे इडेन गार्डेन मैदानमा हुनेछ । केकेआर गत सिजनको उपाधि बिजेतापनि हो । आरसीबी पहिलो उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । केआर अजिंक्य रहाणे तथा आरसीबी  रजत पाटीदारको कप्तानीमा मैदान उत्रनेछ ।
वर्षा बाधक हुन सक्छ । 
केकेआर र आरसीबी बीचको खेल वर्षाका कारण रद्द हुन सक्ने अनुमान छ । खेलको समयमा कोलकातामा भारी वर्षाको सम्भमवना छ ।  मौसम विभागका अनुसार शनिबार ८० प्रतिशत पानी पर्ने सम्भावना छ ।  खेलको समयमा अर्थात् साँझ ७ बजेदेखि राति अबेरसम्म पानी पर्ने सम्भावना ५० प्रतिशत रहेको छ ।


 

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्