ADD FOR WEBSIDE ADD FOR WEBSIDE

‘सी’ डिभिजन लिग फुटवलमा आज दुई खेल

आइतबार, जेठ ६, २०८१

काठमाडौँ : शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलमा आईतवार दुई खेलहरु हुने भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो १ बजे हुने पहिलो खेलमा गोलबजार स्पोर्टस क्लब र आरसी ३२ फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुने छ ।

अंक तालिकाको पुछारमा रहेको गोलबजार दोस्रो जित निकाल्दै १२ औँ स्थानमा उक्लन चाहान्छ । तेस्रो स्थानको आरसी ३२ आज छैँटौ जित निकाल्दै शिर्ष स्थानमा उक्लन चाहान्छ । एन्फा कम्प्लेक्समै अपरान्ह ४ बजे हुने दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र झम्सिखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

चौथो स्थानमा रहेको मनोहरा जित निकाल्दै शिर्ष स्थानको बागमतीसंग अंक बराबरी गर्न चाहान्छ । ९ औँ स्थानमा रहेको झम्सिखेल पनि जित निकाल्दै अंक तालिकामा सुधार ल्याउन चाहान्छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्