ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आएपिएलमा बैंगलुरुको विजयी सुरुवात 

आइतबार, चैत १०, २०८१

काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरु(आरसीबी) ले विजयी सुरुवात गरेको छ ।

शनिवार राती भएको उद्घाटन खेलमा साविकक बिजेता कोलकाता नाइट राइडर्स (केकेआर)लाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । जितकालागि कोलकत्ताले दिएको १७५ रनको लक्ष्य बैगंलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

उसकालागि बिराट कोहली र फिल साल्टले अर्धशतकिय पारी खेले । कोहलीले सर्वाधिक ५९ तथा साल्टले ५६ रन बनाए । कप्तान रजत पाटीदारले ३४ रन जोडे ।

त्यसअघि कोलकत्ताको इर्डन गाडेनमा टस हारेर पहिले ब्याटिञमा तानिएको कोलकत्ताले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । उसकालागि कप्तान अजिन्या रहानेले सर्वाधिक ५६ रन बनाए । अंगकृष रघुवंशीले ३० तथा रिंकु सिंहले १२ रन बनाए ।

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्