सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा त्रिभुवन आर्मीले साँतौ जित निकालेको छ ।
आज भएको खेलमा लुम्बिनी प्रदेशविरुद्ध १३१ रनको फराकिलो जित निकालेको हो । जितकालागि आर्मीले दिएको २४४ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनीले२७.१ ओभरमा सवै विकेट गुमाउँदै ११२ रन बनाउन सक्यो । उसकालागि कप्तान देव खनालले सर्वाधिक ३७ रनको योगदान गरे । मनिष थापा र बिप्रशन कार्किले समान १३–१३ रन जोडे । नर सार्कीले १२ तथा निर्मल गुरुङले १० रन बनाएपनि अन्य कुनैपनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ शाहव आलमले सर्वाधिक ४ विकेट लिए । नरेन साउदले दुई तथा सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट हात पारे ।
त्यसअघि सिदार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको आर्मीले ४९.२ ओभरमा सवै विकेट गुमाउँदै २४३ रन बनाएको थियो । आर्मीकालागि बसिर अहमदले सर्वाधिक ८६ रनको योगदान गरे । भिम सार्कीले ४४,तिर्थराज दासले ३१ तथा सोमपाल कामीले २८ रन जोडे ।