ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पाकिस्तान विरुद्दको टी–२०श्रृखंला न्यूजल्याण्डले जित्यो 

आइतबार, चैत १०, २०८१

काठमाडौँ :पाकिस्तान विरुद्दको टी–२० आई श्रृखंला न्यूजल्याण्डले जितेको छ ।

आज भएको चौथो खेलमा पाकिस्तानलाई ११५ रनले हराउँदै घरेलुटोलीले एक खेल अगावै श्रृखंला ३–१ ले जितेको हो । जितकालागि न्यूजल्याण्डले दिएको २२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६.२ ओभरमा १०५ रनमै अलआउट भयो । उसकालागि अब्दुल समादले सर्वाधिक ४४ तथा इर्फान खानले २४ रन बनाएपनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

त्यसअघि बे ओभल, माउन्ट मौंगानुईमा टस हारेर पहिले ब्याटिङमा तानिएको घरेलुटोलीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो । उसकालागि फिन एलेनले सर्वाधिक ५० रन बनाए । टिम सेफर्टले ४४ रन बनाउँदा ड्यारेल मिचेलले २९ रन बनाए । 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्