ADD FOR WEBSIDE ADD FOR WEBSIDE

हैदरावादले राजस्थानलाई ४४ रनले हरायो

आइतबार, चैत १०, २०८१

काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा सनराइजर्स हैदरावादले विजयी सुरुवात गरेको छ ।

आज भएको पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले हराउँदै हैदरावादले विजयी सुरुवात गरेको हो । जितका लागि २८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २४२ रन मात्रै बनाउन सक्यो ।

उसकालागि ध्रुब जिरेलले सर्वाधिक ७० तथा सञ्जु सामशनले ६६ रन जोडे ।

त्यसअघि राजिव गान्धि अन्तराष्ट्रिय क्रिकेट मैदान हैदरावादमा टस हारेर पहिले ब्याटिङमा तानिएको हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २८६ रन बनाएको थियो  । उसकालागि इशान किसानले शतकिय पारी नटआउट १०६ रन जोडे । ४७ बलको सामना गरेका उनले ११ चौका र ६ छक्का प्रहार गरे ।

ट्राभिस हेडले ६७ ,हेनरिक क्लेसनले ३४ ,नितिश कुमार रेड्डीले ३० तथा अभिषेक शर्माले २४ रन जोडे । 
 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्