ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मुम्बईलाई हराउँदै चेन्नइको विजयी सुरुवात

सोमबार, चैत ११, २०८१

काठमाडौँ :इण्डियन प्रिमियर लिग आइपिएलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

आइतवार राती भएको खेलमा चेन्नईले मुम्बईलाई ४ विकेटले हराएको हो । मुम्बईले पहिले ब्याटिङ गर्दै १५५ रन बनाएको थियो । जवाफमा चेन्नईले ५ बल बाँकी रहँदा लक्ष्य पूरा गर्यो । चेन्नईका लागि रचिन रविन्द्रले अविजित ६५ रन बनाउँदै जित दिलाए ।

चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले आँधीबेहरीपूर्ण ब्याटिङ गर्दै ५३ रन जोडे । चेन्नई सुपर किंग्सका लागि रचिन रविन्द्र नायक बने । उनले राहुल त्रिपाठीसँग इनिङको सुरुवात गरे । जो २ रन बनाएर आउट भएका थिए । त्यसपछि, रविन्द्रले ऋतुराज गायकवाडसँग मिलेर ६७ रनको महत्त्वपूर्ण साझेदारी गरे । गायकवाडले २६ बलमा ५३ रनको तूफानी इनिङ खेले।

दीपक हुड्डा, साम करान र रवीन्द्र जडेजा छिटै पवेलियन फर्किए, तर रवीन्द्र अडिग रहे ।  उनले नै शक्तिशाली छक्का प्रहार गर्दै टोलीलाई ४ विकेटको जित सुनिश्चित गरेका थिए।
चेन्नई सुपर किंग्सका खलिल अहमदले ३ विकेट लिए । तर स्पिनरहरूले खेलभरि आफ्नो दबदबा राखे । चेन्नईका नूर अहमदले ४ ओभरमा मात्र १८ रन दिएर ४ विकेट लिए ।अहमदले सूर्य कुमार यादव, तिलक वर्मा, रोबिन मिंज र नमन धीरलाई पनि आउट गरे । चेन्नईका लागि रविचन्द्रन आश्विनले पनि एक विकेट लिए ।

मुम्बई इन्डियन्सकालागि डेब्यु गरेका चाइनाम्यान बलर विग्नेश पुथुरले पनि सनसनी मच्चाए । आफ्नो पहिलो आईपीएल खेलमा उनले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए । उनले नै कप्तान ऋतुराज गायकवाडलाई पवेलियन फर्काएका थिए । चेन्नईले पछिल्ला ७ खेलमा मुम्बईविरुद्द निकालेको यो छैटौं जित हो ।
 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्