ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दिल्ली क्यापिटल्सको रोमाञ्चक जित 

मंगलबार, चैत १२, २०८१

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले रोमाञ्चक जित निकालेको छ ।

सोमबार राती भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको हो । जितकालागि पाएको २१० रनको लक्ष्य दिल्लीले तीन बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा आशुतोष शर्माले अविजित ६६ रनको योगदान गरे । विपराज निगमले ३९, ट्रिस्टन स्टब्स ३४, फाफ डु प्लेसिसले २९ र कप्तान अक्षर पटेलले २२ रन बनाए ।

त्यसअघि विशाखापट्नमस्थित डा. वाइएस राजशेखर रेड्डी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०९ रनको योगफल तयार पारेको थियो । उसकालागि निकोलस पुरनले सर्वाधिक ७५ रनको योगदान गरे ।

मिचेल मार्शले ७२, डेविड मिलरले अविजित २७ तथा एडियन मार्करमले १५ रन बनाएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्