सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : यू–१९ राष्ट्रिय क्रिकेट टोलीले भारतको दिल्ली यू–१९ टोलीलाई पराजित गरेको छ ।
आज भएको खेलमा नेपालले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । जितका लागि दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
नेपालको जितमा अमर मिश्रले सर्वाधिक २७ रनको योगदान गरे । रोशन विश्वकर्माले नटआउट २५ रन बनाए । नरेन भट्टले १८,सिब्रिन श्रेष्ठले १७ रन जोडे । निरज कुमार यादब र शाहिल पटेलले खाता नै खोल्न सकेनन् ।
त्यसअघि नारायणी क्रिकेट मैदान बिरगञ्जमा टस जितेर पहिले ब्याटिङ थालेको दिल्ली २३.२ ओभर खेल्दै ९५ रनमा अलआउट हुन पुग्यो । उसकालागि साथक पलले सर्वाधिक २९ रन जोडे ।
आदित्य भण्डारी र सान्तानु यादवले समान १३ –१३ रन बनाए । प्रणब पन्तले १० रन बनाए ।