HAPPY NEW YERA HAPPY NEW YERA

आरसी ३२ ‘सी’ डिभिजनको शिर्षमा 

आइतबार, जेठ ६, २०८१

काठमाडौँ :आरसी ३२ फुटबल एकेडेमी शहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलको शिर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स मैदानमा आईतवार भएको खेलमा गोलबजार स्पोर्टस क्लबलाई २–१ गोलले पाखा लगाउँदै आरसी ३२ शिर्षमा उक्लिएको हो ।

आरसीको जितमा सुजन बलाम्पाकी मगर र आशिष लावतीले १÷१ गोल गरे । खेलको ३५ औँ मिनेटमा आरसी ३२ का लागि सुजन बलाम्पाकी मगरले गोल गर्दै अग्रता बनाएपनि गोलबजारका लागि बिनु आलेमगर ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा पुयाएका थिए ।

त्यसपछि निर्धारित समयमा पनि दुवै टोलीबाट गोल हुन सकेन । थपिएको ९ मिनेटको अन्त्यतिर लावतीले गोल गर्दै आरसी ३२ लाई स्पष्ट जित दिलाए । जितसंगै आरसी ३२ ९ खेलबाट छैटौँ जित निकाल्दै १९ अंक सहित लिगको शिर्ष स्थानमा पुगेको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्