सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :बिभागिय क्लब नेपाल पुलिस प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको आफ्नो आठौँ खेलमा पनि जित निकालेपछि पुलिस अपराजित रहँदै एक खेल अगावै फाइनलमा पुगेको हो । पुलिसले कर्णालीमाथि ४४ रनको जित निकालेको हो । जितकालागि पुलिसले दिएको १४८ नको लक्ष्य पछ्याएको कर्णालीले २४ ओभरमा सवै विकेट गुमाउँदै १०३ रन मात्रै बनाउन सक्यो ।
उसकालागि रविन्द्र शाहीले सर्वाधिक ४९ तथा अर्जुन घर्तीले ३० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । कर्णालीलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ ललित राजवंशीले सर्वाधिक ६ विकेट लिए । सागर ढकालले २ तथा करण केसीले एक विकेट हात पारे ।
त्यसअघि दाङको देउखुरीमा टस हारेर पहिले ब्याटिङ थालेको पुलिसले ४८ ओभरमा सवै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । पुलिसकालागि अर्जुन साउदले ३६ तथा दिलिपनाथले ३४ रन बनाए ।
जितसंगै शिर्ष स्थानको पुलिसले १६ अंक जोडेको छ ।