सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा पञ्जाव किङ्सले गुजरात टाइटन्सविरुद्द २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेको सुरुवाती ब्याटिङ थालेको निर्धारित ओभरमा ५ विकेट गुमाएर २४३ रन बनायो । उसकालागि श्रेयस अय्यरले नटआउट रहँदै सर्वाधिक ९७ रनको योगदान गरे । ४२ बल खेलेका उनले ५ चौका र ९ छक्का प्रहार गरे ।
प्रियांश आर्यले ४७, शसांक सिंहले ४४ तथा मार्कस स्टोइनिसले २० रन बनाए । ग्लेन म्याक्सवेलले खाता नै खोल्न सकेनन् । दुबै टोली आज जित निकाल्दै सुखद् सुरुवात गर्न चाहान्छ ।
गुजरातले सन् २०२२ मा भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि जितेको थियो । पञ्जाब भने पहिलो उपाधि जित्ने योजनामा हुनेछ ।