ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रदेश टि–२० क्रिकेटमा उदयपुरको विजयी सुरुवात 

मंगलबार, चैत १२, २०८१

विराटनगर : प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा उदयपुर जिल्लाले विजयी  सुरुवात गरेको छ ।

विराटनगर १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा इलामलाई २९ रनले हराउँदै उदयपुरले विजयी  सुरुवात गरेको । जितसँगै उदयपुरले दुई अंक जोडेको छ । 
उदयपुरले दिएको ८६ रनको विजय लक्ष्य पछ्याएको इलामले १५.२ ओभरमा सवै विकेट गुमाउँदै ५६  रन मात्रै बनाउन सक्यो । उसकालागि श्याम यादवले सर्वाधिक १४ रन बनाए पनि अन्य ब्याटरले राम्राे प्रदर्शन गर्न सकेनन् ।

उदयपुरका तेज आचार्यले ४ ओभरमा ११ रन खर्चेर तीन विकेट लिए । सुशान्त तिम्सिनाले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । खेलको  प्लेयर अफ द म्याच उदयपुरका तेज आचार्य घोषित भए । उनले नगद २ हजार पाँच सय पाए । 

crick-1742922763.jpg

यसअघि टस हारेर ब्याटिङ थालेको उदयपुरले १९ ओभरमा सबै  विकेट गुमाइ ८५ रन बनाएको थियो । उदयपुरका प्रभात किरण राईले सर्वाधित २२ रन बनाए ।  १९ बलमा उनले तीन चौका प्रहार गरे । निर्देश बस्नेतले २८ बलमा १५ रन पारी खेल्दा रिन्जन तिवराीले १६ बलमा १० रनको योगदान दिए । अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन । 
इलामका लभ कामतले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ९ रन खर्चिए । प्रजवल खत्रीले ४ ओभरमा १३ रन खर्चिएर  ३ विकेट लिए । 
मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ ।

प्रतियोगिताको बुधबार दुई खेल हुनेछ । पहिलो खेल मोरङ र उदयपुर जिल्ला हुनेछ । सोही दिन हुने दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र सुनसरीबीच हुने क्लबकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।  

khel-1742922683.jpg

कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले गरे । 
चैत १६ गतेसम्म हुने प्रतियोगिताको विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता टिमलाई ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, ब्याट्स म्यान, बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार दिईने आयोजकले जनाएको छ । दैनिक हुने खेलको म्यान अफ द म्याच  खेलाडीले नगद २ हजार पाँच सय रुपैयाँ  पाउनेछन् । 

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्