सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । मगलवार राती भएको खेलमा गुजरात टाइटन्सविरुद्द ११ रनको जित निकाल्दै पञ्जावले विजयी सुरुवात गरेको हो । जितकालागि पञ्जावले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ५ विकेट गुमाएर २३२ रन मात्रै बनाउन सक्यो ।
उसकालागि साइ सुदर्शनले सर्वाधिक ७४ रन जोडे ।जोश बटलरले ५४ तथा शेरफन रदरफोर्डले ४६ तथा कप्तान शुभमन गिलले ३३ रन बनाए।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेको सुरुवाती ब्याटिङ थालेको निर्धारित ओभरमा ५ विकेट गुमाएर २४३ रन बनायो । उसकालागि श्रेयस अय्यरले नटआउट रहँदै सर्वाधिक ९७ रनको योगदान गरे । ४२ बल खेलेका उनले ५ चौका र ९ छक्का प्रहार गरे ।
प्रियांश आर्यले ४७, शसांक सिंहले ४४ तथा मार्कस स्टोइनिसले २० रन बनाए । ग्लेन म्याक्सवेलले खाता नै खोल्न सकेनन् ।
गुजरातले सन् २०२२ मा भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि जितेको थियो । पञ्जाब भने पहिलो उपाधि जित्ने योजनामा हुनेछ ।
काठमाडौँ ः इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । मगलवार राती भएको खेलमा
गुजरात टाइटन्सविरुद्द ११ रनको जित निकाल्दै पञ्जावले विजयी सुरुवात गरेको हो । जितकालागि पञ्जावले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ५ विकेट गुमाएर २३२ रन मात्रै बनाउन सक्यो । उसकालागि साइ सुदर्शनले सर्वाधिक ७४ रन जोडे ।जोश बटलरले ५४ तथा शेरफन रदरफोर्डले ४६ तथा कप्तान शुभमन गिलले ३३ रन बनाए।