सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले नयाँ प्रशिक्षक पाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार केही समयमा नै क्रिकेट टोलीको मुख्य प्रशिक्षकको नामावली सार्वजनिक गर्ने जनाईएको छ । पूर्व प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने भएपछि नेपाली टोली अहिले प्रशिक्षक बिहिन अबस्थामा छ ।
क्यानले मंगलवार एक बिज्ञप्ती जारी गर्दै नयाँ प्रशिक्षकहरूको छनोट प्रक्तिया अन्तिम चरणमा पुगेको जनाएको हो ।
मुख्य प्रशिक्षकका ७० जनाको आवेदन परेको छ । ती मध्ये १० जना सर्टलिस्टमा परेका छन् । हाल उनीहरुको अन्तर्वार्ताको प्रक्रिया अन्तिम चरणमा रहेकाले यसै साता नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको नाम सार्बजनिक गर्ने क्यानले जनाएको छ ।