ADD FOR WEBSIDE ADD FOR WEBSIDE

न्यूजल्याण्डसंगको अन्तिम खेलमा पनि पाकिस्तान पराजित

बुधबार, चैत १३, २०८१

काठमाडौँ :न्यूजल्याण्ड विरुद्दको पाँचौ तथा अन्तिम टी–२० श्रृखंलामा पाकिस्तान पराजित भएको छ ।

आज भएको अन्तिम खेलमा घरेलु टोली न्यूजल्याण्डले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो । जितकालागि पाकिस्तानले दिएको १२९ रनको लक्ष्य न्यूजल्याण्डले १० ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । न्यूजल्याण्डको जितमा टिम सेफर्टले बिस्फोटक ब्याटिङ गर्दै नटआउट रहँदै सर्वाधिक ९७ रनको योगदान गरे । फिन एलनले २७ रन बनाउँदा मार्क च्याम्पम्याले ३ रन जोडे ।

त्यसअघि स्काई रंगशाला, वेलिंग्टनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । उसकालागि कप्तान सलमान आघाले सर्वाधिक ५१ ,सादब खानले २८ तथा मोहम्मद हरिषले ११ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा जेम्स निशमले सर्वाधिक ५ विकेट लिए । पाँच खेलको श्रृखंलामा पाकिस्तानले एक खेल मात्रै जितेको छ ।

न्यूजल्याण्डले यसअघि नै श्रृखंला भने जितिसकेको छ ।

न्यूजल्याण्ड भ्रमणमा रहेको पाकस्तानले शनिबारबाट तीन खेलको एक दिवशीय सिरिज खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्