ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कोशीलाई हराएको एपिएफ तेस्रो 

बुधबार, चैत १३, २०८१

काठमाडौँ : प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटमा एपिएफले कोशी प्रदेशलाई हराएको छ ।

आज भएको आफ्नो अन्तिम खेलमा एपिएफले कोशी विरुद्द २ विकेटको जित निकालेको हो । जितकालागि कोशीले दिएको २५५ रनको लक्ष्य एपिएफले ४४.४ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । कुनै समय निकै धराशायी बनेको एपिएफको जितमा लोकेश बम नायक बने । उनले बिस्फोटक ब्याटिङ गर्दै अविजित ८४ रन जोडे ।

कप्तान रोहित पौडेलले ६१ ,दिपक बोहराले ३६ तथा सन्दीप जोराले ३० रन बनाए । आशिफ शेखले ५ तथा पुरन बिकेले २ रन बनाउँदा आयुष्मान बमले खाता नै खोल्न सकेनन् ।

त्यसअघि सिदार्थ क्रिकेट स्टेडियम सिदार्थ नगरमा टस जितेर ब्याटिङ थालेको कोशीले निर्धारित ओभरमा सवै विकेट गुमाएर २५४ रन बनाएको थियो । उसकालागि सकिब हकले सर्वाधिक ६८ रनको योगदान गरे । कप्तान अंकित सुवेदीले ३५,आशिष भट्टराईले ३४ तथा सुजन थपलियाले ३३ रन जोडे । बलिङतर्फ अभिषेक गौतम र मौसम ढकालले समान ३–३ विकेट हात पारे ।

एपिएफले खेलमा जित निकालेपनि नेटरनेटमा पछि पर्दै तेस्रो स्थानमा चित्त बुझाएको छ । अपराजित रहँदै नेपाल पुलिस एक खेल अगावै फाइनलमा पुगिसकेको छ । भोली हुने खेलमा पुलिस र दोस्रो स्थानको आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

उपाधिकालागि अब पुलिस र आर्मीबीच भिडन्त हुने पक्का भएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १७:०९
प्रतिक्रिया दिनुहोस्