सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : न्यूजल्याण्ड विरुद्दको महिला टी–२० सिरिजमा अष्ट्रेलियाले क्लीन स्वीप गरेको छ ।
आज भएको तेस्रो तथा अन्तिम खेलमा न्यूजल्याण्डलाई ८ रनले हराउँदै अष्ट्रेलियाले सिरिज ३–० ले क्लीन स्वीप गरेको हो । जितकालागि अष्ट्रेलियाले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा न्यूजल्याण्डले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।
उसकालागि अमिलीया केरले सर्वाधिक ६६ रन जोडिन् । म्याडे ग्रिनले ६२ तथा बेला जेम्सले १४ रन बनाइन् ।
त्यसअघि स्काई स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको अष्ट्रेलियाले निर्धारित ओभरमा ४ विकेट गुमाएादै १८० रन बनाएको थियो । उसकालागि जर्जिया भोलले सर्वाधिक ७५ रन बनाइन् । एलिस पेरीले नटआउट ३२,फोबी लिचफिल्डले २६ तथा बेथ मुनीले २१ रन बनाइन् ।
अष्ट्रेलियाले घरेलुटोली विरुद्द पहिलो खेलमा ८ विकेटको जित निकाल्दा दोस्रो खेलमा ८२ रनले पराजित गरेको थियो ।