ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल:

हैदरावादले पञ्जाबलाई ४ विकेटल हरायो 

आइतबार, जेठ ६, २०८१

काठमाडौँ :ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा सनराइजर्स हैदरावादले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । जितकालागि  पञ्जावले दिएको २१५ रनको लक्ष्य हैदराबादले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । हैदरावादका लागि अभिषेक शर्माले विस्फोटक पारी खेले । उनले २८ बलमा ६६ रन जोड ।

यस क्रममा उनले ५ चौका र ६ छक्का प्रहार गरे । क्लासेनले ४२ तथा राहुल त्रिपाठीले ३३ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ५ विकेट गुमाएर २१४ रन बनाएको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंहले ७१ रनको महत्वपूर्ण इनिङ खेले । अथर्व तायडेले ४६ रनको योगदान गर्दा रिले रुसो ४९ रन बनाएर आउट भए ।

जितसंगै हैदरावाद १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्