सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाईटराइडर्स (केकेआर)ले पहिलो जित निकालेको छ ।
पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंलुरुसंग ७ विकेटले पराजित भएको केकेआरले बुधवार राती भएको खेलमा राजस्थान राेयल्सविरुद्द आठ विकेटको सहज जित निकालेको हो ।
राजस्थानले दिएको १५२ रनको लक्ष्य कोलकाताले मात्र दुई विकेट गुमाएर १५ बल बाँकी छँदै भेट्टायो ।कोलकाताको जितमा क्विन्टन डी ककले अविजित ९७ रन बनाए ।अङक्रिस रघुबङ्शीले २२ रनको योगदान दिए । कप्तान अजिन्क्या रहानेले १८ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । उसकालागि ध्रुव जुरेलले सर्वाधिक ३३, यशस्वी जैसवालले २९ र कप्तान रियान परागले २५ रन बनाए ।
राजस्थानले भने लगातार दोस्रो हार ब्यहारेको छ ।