सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : भारत विरुद्दको एकदिवसीय क्रिकेट श्रृंखला नेपालको यू–१९ टोलीले जितेको छ ।
आज भएको खेलमा दिल्लीको यू–१९ टोलीलाई १ सय २ रनले हराउँदै नेपालले श्रृखंला २–० ले जितेको छ । जितकालागि नेपालले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको दिल्लीले ३०.४ ओभरमा ९० रन मात्र बनाउन सक्यो । दिल्लीकालागि शन्तनु यादवले सर्वाधिक ३० रन बनाए । दिल्लीलाई सस्तैमा समट्ने क्रममा नेपालका अपराजित पौडेलले ५ विकेट लिए । य
सअघि वीरगञ्जमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रन बनायो । नेपालकालागि अभिषेक तिवारीले ६०, नरेन भट्टले ५२ रन बनाए ।
पहिलो खेलमा नेपालले दिल्लीलाई ५ विकेटले हराएको थियो ।