सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :प्रधानमन्त्री एक दिवशीय क्रिकेटको उपाधिकालागि बिभागिय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहिवार भएको खेलमा नेपाल पुलिसले पहिलो हार भोगेको छ । आर्मीले पुलिसविरुद्द ४ विकेटको जित निकालेको हो । जितकालागि पुलिसले दिएको १४९ रनको लक्ष्य आर्मीले ५४ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो । आर्मीकालागि बिवेक यादवले नटआउट ४१ रन जोडे । तिर्थराज दासले २५,भिम सार्कीले २३ तथा सन्तोष कार्कीले २२ रन बनाए ।
त्यसअघि एक्ट्राटेक ओभल भैरहवामा टस हारेर पहिले ब्याटिङमा तानिएको पुलिस ४१.४ ओभरमा १४८ रनमा अलआउट भएको थियो । उसकालागि कप्तान दिपेन्द्र सिं ऐरीले सर्वाधिक ५० रन जोडे । आरिफ शेखले २२ रन बनाए ।
पुलिस र आर्मीबीचको फाइनल खेल शनिवार हुनेछ ।