सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इण्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्ट्ससामु जितकालागि १९१ रनको चुनौति पेश गरेको छ ।
राजिब गान्धि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो । उसकालागि ट्राविस हेडले सर्वाधिक ४७ रनको योगदान गरे । अनिकेत वर्माले ३६, रितिश कुमार रेड्डीले ३२ तथा हेनरिक क्लेसनले २६ रन बनाए । कप्तान प्याट कमिन्सले १८ रन जाेडे ।
बलिङतर्फ सार्दुल ठाकुरले ४ विकेट लिए । जारी सिजनमा ठाकुर सबैभन्दा धेरै विकेट लिने खेलाडी समेत बनेका छन् । उनले दुइ खेलमा महत्वपूर्ण ६ विकेट लिएका छन् ।
हैदरावाद लगातार दोस्रो जितको खोजिमा रहँदा लखनउ पहिलो जितको खोजीमा रहेको छ ।