ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ईङलिस प्रिमियर लिग :

सीटीलाई चौथो पटक उपाधि

सोमबार, जेठ ७, २०८१

काठमाडौँ :ईङलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सीटीले उचालेको छ । आइतवार राती इतिहाद स्टेडियममा भएको खेलमा वेस्टह्याममाथि ३–१ को जित निकाल्दै सीटीले चौथो पटक उपाधि चुमेको हो । सीटीलाई ऐतिहासिक उपाधि जिताउन फिल फोडेनले दुई तथा रोड्रिले एक गोल गरे । वेस्टह्यामका लागि मोहम्मद कुदुसले एक गोल गरे ।

जितसंगै स्पष्ट ३ अंक जोड्दै ९१ अंकका साथ शिर्षमा रहँदै सीटीले उपाधिमा कब्जा जमाएको हो । गएरातीनै भएको खेलमा आर्सनलले एभर्टलाई  २–१ गोलले हराउँदै शिर्ष दुईमा स्थान सुरक्षित गरेको छ ।

उपाधि उचालेको म्यान्चेस्टसीटी सहित आर्सनल,लिभरपुल र एस्टन भिल्ला युईएफए च्याम्पियन्स लिगमा छनौट भएका छन् । टटनह्यामले पनि युरोपा लिग खेल्ने भएको छ । यससिजनमा खराब लयमा रहेका लुटन टाउन,बर्निल र सेफिल्ड युनाईटड रेलिगेसनमा परेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्