ADD FOR WEBSIDE ADD FOR WEBSIDE

लखनउ सुपर जायन्ट्सको पहिलो जित

शुक्रबार, चैत १५, २०८१

काठमाण्डौँःइण्डियन प्रिमियर लिगआइपिएल मा लखनउ सुपर जायन्ट्सले पहिलो जित निकालेको छ ।

बिहिवार राति भएको खेलमा लखनाउले सनराइजर्स हैदराबादिवरुद्द ५  विकेटको जित निकालेको हो । जितकालागि पाएको १९१ रनको लक्ष्य लखनाउले १६‍‍‍‌.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसकालागि निकोलश पुरनले सर्वाधिक ७० रन जोडे । मिचेल मार्सले ५२ तथा अब्दुल समादले २२ रन बनाए ।

त्यसअघि राजिब गान्धि क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा तानिएको हैदराबादले निर्धारित ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो । उसकालागि ट्राविस हेडले सर्वाधिक ४७ रनको योगदान गरे ।

अनिकेत वर्माले ३६, रितिश कुमार रेड्डीले ३२ तथा हेनरिक क्लेसनले २६ रन बनाए । कप्तान प्याट कमिन्सले १८ रन जोडे ।

बलिङतर्फ सार्दुल ठाकुरले ४ विकेट लिए । जारी सिजनमा ठाकुर सबैभन्दा धेरै  विकेट लिने खेलाडी समेत बनेका छन् । उनले दुइ खेलमा महत्वपूर्ण ६ विकेट लिएका छन् ।

जितसंगै २ अंक जोडेको अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०७:२४
प्रतिक्रिया दिनुहोस्