ADD FOR WEBSIDE ADD FOR WEBSIDE

न्यूजल्याण्डका टम लाथमको हात भाँच्चियो 

शुक्रबार, चैत १५, २०८१

काठमाडौँ :प्रशिक्षणको क्रममा हात भाँचिएपछि टम लाथमले पाकिस्तान विरुद्धको एकदिवसीय श्रृखंला गुमाउने भएका छन् ।

प्रशिक्षणका क्रममा दाहिने हातमा चोट लागेपछि एक्स–रे रिपोर्टका क्रममा उनको हात भाँच्चिएको पुष्टि भएको हो ।

न्यूजल्याण्ड र पाकिस्तानविचको एक दिवशीय श्रृखंला शनिवारबाट हुँदैछ । लाथमको अनुपस्थितमा टोलीको नेतृत्व माइकल ब्रेसवेलले गर्नेछन् ।

हेनरी निकोल्सलाई टोलीमा बोलाइएको छ । टी–२० श्रृखला भने न्यूजल्याण्डले ४–१ ले आफ्नो पक्षमा पारेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्