सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
विराटनगर : झापा जिल्लामाथि सानदार जित निकाल्दै आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिताको फाइलनमा पुगेको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा झापा जिल्लालाई ३ विकेटले हराउँदै आयोजक फाइलनमा पुगेको हो । आयोजक मिल्स क्रिकेट क्लब अपराजित हुँदै फाइलनको यात्रा सुरक्षित गरेको छ । आयोजकले दुई खेलबाट चार अंक जोड्यो । झापाले समान खेलबाट दुई अंक बटुल्दै प्रतियोगिताबाट बाहिरियो । यसअघि रनरेटको आधारमा मोरङ फाइलनमा पुगिसकेको छ । उपाधिको लागि शनिबार आयोजक र घरेलु टिम प्रतिस्पर्धा गर्नेछ । झापाले दिएको ११० रनको लक्ष्य आयोजकले १९।३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । जितका लागि आयोजकका मुकुन्द यादवले ३४ बलमा सर्वाधिक ३९ रन बनाए । उनले एक छक्का र ४ चौका हिर्काए । उनी खेलको प्यलेर अफ द म्याच घोषित भएर नगद २ हजार पाँच सय रुपैयाँ हात पारे । विशाल ऋषिदेवले ४१ बलमा ३६ रन बनाए । उनको ब्याटबाट एक छक्का र २ चौका प्रहार गरे । आयोजकका ओपनर विधान गोस्वामीले ८ बलमा पाँच रन मात्रै बनाए । अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् झापाका बलर आयुष न्यौपाने र विजय कार्कीले समान २–२ विकेट लिए । यसअघि २० ओभरमा अलआउट हुँदै झापाले १०९ रनको योगफल बनाएको थियो । झापाका भुपेश गौतमले ३८ बलमा ३२ रन पारी खेल्दा दिपु भुजेलले ३७ बलमा २५ रनको योगदान दिए । सिद्धार्थले २४ बलमा २२ रन बनाउँदा झापाका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् । आयोजकका कृष कामतले कसिलो बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सुधिर कामतले ४ ओभरमा २३ रन खर्चेर तीन विकेट लिए भने प्रशान्त साह र मुकुन्द यादवले समान २–२ विकेट लिए । मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा भएको प्रतियोगितामा क्यानमा आवद्ध ६ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता हुने टिमलाई नगद १ लाख १ हजार रुपैयाँ र उपविजेता हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
म्यान अफ द श्रीरिज हुने खेलाडीलाई १५ हजार, बेस्ट ब्याटमेन बेस्ट बलरलाई जनही ११ हजार पुरस्कार रहेको छ ।