सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा चेन्नाई सुपर किङलाई ५० रनले हराउँदै आरसीबीले लगातार दोस्रो जित निकालेको हो । जितकालागि १९७ रनको लक्ष्य पछ्याएको चेन्नाईले ८ विकेट गुमाउँदै १४६ रन मात्र बनाउन सक्यो ।
उसकालागि रचिन रविन्द्रले सर्वाधिक ४१ रन जोडे महेन्द्र सिं धोनीले ३० तथा रबिन्द्र जडेजाले २५ रन बनाए ।
यसअघि एम ए चितम्बरम स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले सात विकेटको क्षतिमा १९६ रन बनाएको थियो । उसका लागि कप्तान रजत पाटीदरले सर्वाधिक ५१ रन जोडे ।फिल साल्टले ३२ तथा विराट कोहलीले ३१ रन बनाए । टिम डेभिडले २२ रन जोडे ।
१७ वर्षपछि चेन्नाई आरसिबीसँग घरेलु भूमिमा पहिलो पटक पराजित भएको हो ।