सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटको फाइनल खेल आज हुँदैछ ।
सिदार्थनगरमा बिहान ९ बजे हुने फाइनलमा उपाधिकालागि दुई बिभागिय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुन लागेको हो । खेलेका ९ खेल मध्ये ८ खेलमा जित निकाल्दा दुवै टोलीले एक खेलमा हार भोगेको छ ।
बिहिवार भएको खेलमा नेपाल पुलिसले ४ विकेटको पहिलो हार भोगेको थियो । आर्मीले पुलिसविरुद्द ४ विकेटको जित निकालेको हो । जितकालागि पुलिसले दिएको १४९ रनको लक्ष्य आर्मीले ५४ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
प्रतियोगितामा एपिएफ तेस्रो तथा बागमती चौथो भएको छ ।