सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
आज भएको फाइनलमा त्रिभुवन आर्मीलाई ६ विकेटले हराउँदै पुलिसले चौथो पटक उपाधि उचालेको हो । पुलिसले गत बर्ष पनि फाइनलमा आर्मीलाई नै हराएको थियो । जितकालागि आर्मीले दिएको १५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा भेटायो । पुलिसको जितमा कुशल भुर्तेलले सर्वाधिक ६१ रनको योगदान गरे । अमित श्रेष्ठले ३९ तथा दिलिपनाथले ३१ रन बनाए ।
त्यसअघि सिदार्थनगरमा टस हारेर पहिले ब्याटिङमा तानिएको आर्मीले ४३ ओभरमा सवै विकेट गुमाएर १५४ रन बनाएको थियो । उसकालागि बसिर अहमदले सर्वाधिक ८६ रन जोडे । कप्तान बिनोद भण्डारीले २९ तथा बिबेक यादवले ११ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
पुलिसले सन् २०१७ मा संयुक्त उपाधि जितेको पुलिसले त्यसयता तीन उपाधि जितेको छ ।