ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल :

यस्तो बन्यो प्लेअफको खेल तालिका 

सोमबार, जेठ ७, २०८१

काठमाडौँ :वर्षा बाधक बन्दा ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीचको खेल रद्ध भएको छ । गुवाहाटी आईतवार साँझका लागि तय भएको खेल वर्षा नरोकिएपछि राती अवेर टस समेह हुन नसकी रद्ध बनेको हो । खेलरद्ध भएसंगै दुबै टोलीले १–१ अंक बाँडेका छन् । खेल रद्ध हुँदा राजस्थान रोयल्सलाई नराम्रोसंग झड्का लागेको अंक बाँड्दा दोस्रो स्थानको राजस्थान तेस्रोमा झरेको छ । दोस्रोबाट तेस्रो स्थानमा पुग्दा राजस्थानले अब एलिमिनेटर खेल खेल्नुपर्ने छ । अंक तालिकामा दोस्रो स्थानमा रहेको खण्डमा उसले क्वालिफायर–१ खेल्ने थियो ।  जहाँ राजस्थानले फाइनल पुग्ने दुईवटा सुनौलो मौका पाउने थियो । 

फाईनल पुग्न दोस्रो स्थानको हैदरावादले दुई ओटा मौका पाउने छ भने राजस्थानले एउटा मात्रै मौका पाउनेछ । क्वालिफायर–१ तालिकाको पहिलो र दोस्रो टोलीबीच खेल हुनेछ । जुन खेलबाट  विजेता टोली सीधै फाइनलमा पुग्दा  पराजित टोलीले दोस्रो क्वालिफायर खेलेर फाइनलमा पुग्ने मौका पाउनेछन् । तेस्रो र चौथो टोलीबीच एलिमिनेटर खेल हुनेछ । विजेता टोलीले क्वालिफायर–२ मा पुग्नेछ । उक्त खेलमा क्वालिफायर–१ को हार्ने टोलीसँग खेल्लु पर्नेछ । इलिमिनेटर खेलमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

-यस्तो छ प्लेअफ खेलको तालिका:
क्वालिफायर–१ 
मंगलवार हुने पहिलो क्वालिफायरमा शिर्ष स्थानको कोलकता नाईटराईडर्स र दोस्रो स्थानको सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेभएको छ । यसखेलको बिजेता सिधै फाईनलमा पुग्ने छ धने पराजित टोलीले दोस्रो क्वालिफायर खल्नुपर्नेछ  । दोस्रो क्वालिफायरमा जित निकाले ऊक्त टोली पनि फाईनलमा पुग्न सक्नेछ ।  यस सिजनमा सिजन १४ खेल खेलको कोलकताले ९ खेलमा जित  निकाल्दा ३ खेलमा हार बेहोर्दै २० अंक सहित लिगको शिर्ष स्थानमा छ ।  १४ खेल खेलेको हैदरावादले ८ खेलमा जित र ५ खेलमा पराजय भोग्दै १७ अंककासाथ दोस्रो स्थानमा छ । पहिलो क्वालिफायर अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

एलिमिनेटर

तेस्रो स्थानको राजस्थान रोयल्स र चौथो स्थानको रोयल च्यालेन्जर्स बैलुरुबीचको एलिमिनेटर खेल  बुधबार हुनेछ । यो खेल पनि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा खेलाईनेछ । यस खेलको बिजेता क्वालिफायर–२ मा पुग्नेछ । 
मंगलबार – क्वालिफायर–१ :कोलकता र हैदरावाद
बुधबार – एलिमिनेटर :राजस्थान रोयल्स र बैलुरु
शुक्रबार – क्वालिफायर–२
आइतबार – फाइनल 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्