सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :न्यूजल्याण्ड विरुद्धको पहिलो एक दिवशीय क्रिकेटमा पाकिस्तान पराजित भएको छ ।
शनिवार भएको पहिलो खेलमा पाकिस्तान न्यूजल्याण्डसंग ७३ रनले पराजित भएको हो । जितकालागि न्यूजल्याण्डले दिएको ३४५ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४४।१ ओभरमा सवै विकेट गुमाउँदै २७१ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानकालागि बाबर आजमले सर्वाधिक ७८ रनको योगदान गरे । सलमान आघाले ५८,उसमान खानले ३९ तथा अब्दुल्लाह साफिकीले ३६ रन जोडे । कप्तान मोहम्मद रिजवानले ३० रन बनाए । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नथिम स्मिथले सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि केनेपियरमा टस हारेर पहिले ब्याटिङमा तानिएको न्यूजल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ३४४ रन बनाएको थियो । उसकालागि मार्क च्याम्यिनले बिस्फोटक ब्याटिङ गर्दै १३२ रनको इनिङ खेले । ड्यारेल मिचेलले ७६ तथा मोहम्मद अब्बासले ५२ रन जोडे ।
पहिलो जितसगैं घरेलु टोली न्यस्जल्याण्डले तीन खेलको श्रृखंलामा १–० को अग्रता बनाएको छ ।