ADD FOR WEBSIDE ADD FOR WEBSIDE

गुजरातले मुम्बईलाई हरायो

आइतबार, चैत १७, २०८१

काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गुजरात टाईटन्सले पहिलो जित निकालेको छ।

शनिवार राती भएको खेलमा मुम्बई इण्डियन्सलाई ३६ रनले हराउँदै गुजरात विजयी भएको हो । गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्वईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६० रन मात्रै बनाउन सक्यो । उसकालागि  सूर्यकुमार यादवले सर्वाधिक ४८ रन जोडे । तिलक वर्माले ३९ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले ११ रन बनाए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेको मुम्बईले फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा तानिएको गुजरातले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १९६ रन बनाएको थियो । उसकालागि साइ शुदर्शनले ६३ रन बनाए । जश बटलरले ३९ तथा कप्तान शुभमन गिलले ३८ रन बनाए । मुम्बईको यो लगातार दोस्रो हार हो ।

मुम्बईका हार्दिक पाण्ड्या टोलीमा फर्किएका छन् । स्लो–ओभर रेटका कारण गत सिजनमा उनलाई एक खेलको प्रतिबन्ध लागेपछि उनले पहिलो खेल खेल्न पाएका थिएनन् ।

मुम्बईले अहिले सम्म पाँच पटक उपाधि जितेको छ भने गुजरातले एक पटक उपाधि उचालेको छ । 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्