ADD FOR WEBSIDE ADD FOR WEBSIDE

मेलम्चीमा खसी उपहारसहितको टोल स्तरिय भलिवल हुँदै

सोमबार, जेठ ७, २०८१

मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८ क्यौरानीमा  भलिबल प्रतियोगिता हुने भएको छ । एक महिना अघि मात्रै एक लाख पुरस्कार राशीको जिल्ला स्तरीय भलिबल प्रतियोगिता भएको क्यौरानीमा बुद्ध जयन्तीको अवसर पारेर टोल स्तरीय प्रतियोगिता हुन लागेको हो । 

स्याङबोखोर टोल समितिको आयोजनामा यहि जेठ १० गते जलवाई देवी माध्यमिक बिद्यालयको प्राङ्गणमा खेल गर्न लागेको आयोजक समितिका संयोजक जयराम स्याङ्बोले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन इच्छुकले ९ गते सम्म दुई हजार शुल्क सहित टिम दर्ता गर्न सकिने संयोजक स्याङ्बोले बताए ।

१० गते बिहान ७ बजेदेखी सुरुहुने प्रतियोगिताको बिजेताले एउटा खसी सहित पाँच हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो र तेस्रो हुने टोलीले क्रमशः १० हजार र पाँच हजार नगद पाउने भएकोले समयमै आफ्नो टिम दर्ता गर्न वडाबासी खेलाडी हरुमा आयोजकले आह्वान गरेको छ । 

एक महिना अघि मात्रै उक्त स्थानमा एक लाख पुरस्कार राशी रहेको जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगिताको उपाधी सृजनशिल युवा क्लब छापले हात पारेको थियो ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्