ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दक्षिण अफ्रिकाविरुद्धको खेलमा वेस्ट इन्डिजका मुख्य खेलाडीलाई आराम

सोमबार, जेठ ७, २०८१

काठमाडौँ : दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखलाकामा वेस्ट इन्डिजका मुख्य खेलाडीहरुलाई आराम दिईएको छ । कोही खेलाडी ईण्डियन प्रिमियर लिग आईएिलमा समेत ब्यबस्त देखिएपछि विश्वकपमा खेल्नका लागि ब्यस्त खेलाडीहरुलाई वेस्ट इन्डिजले आरानम दिएको हो ।

वेस्ट इन्डिजले यसै साता खेलिने दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखलाका लागि ब्रान्डन किङको कप्तानीमा १५ सदस्यी टोलीको घोषणा गरेको छ । जसमा नियमित कप्तान रोभमन पोवेल, साई होप र निकोलस पुरन तथा अल्जारी जोसेफलगायतका चर्चित खेलाडीहरु टोलीमा परेका छैनन् ।


यस्तो छ वेष्टईण्डिजको टोली :
ब्रान्डन किंग (कप्तान), रोस्टन चेस, फेबियन एलेन, एलेक अथानाज, जोन्सन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, जेसन होल्डर, अकेल होसेन, शामर जोसेफ, काइल मेयर्स, ओबेद म्याककोय, गुडाकेश मोती, रोमारियो शेफर्ड, हेडेन वाल्श जूनियर।


वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले यो शृंखला आईसीसी टी–२० विश्वकपको अन्तिम तयारीका रुपमा पनि लिईएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्